बिदाका दिन अनुमति बिना सरकारी गाडी चलाउँदा राज्यमन्त्रीको गाडीलाई ५ सय जरिवाना

बिदाका दिन अनुमति बिना सरकारी गाडी चलाउँदा राज्यमन्त्रीको गाडीलाई ५ सय जरिवाना

धनगढी । सार्वजनिक बिदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको पाइएपछि सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवरले प्रयोग गर्ने सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सुपप्र ०१-००१ झ ०३९७ नम्बरको सरकारी गाडीलाई निषेधित समयमा चलाएको कसुरमा ५ सय रुपैयाँ जरिवाना गरेको हो। प्रहरीका अनुसार गाडी चलाउँदा राज्यमन्त्री कुँवर भने त्यसमा सवार थिइनन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अन्तर्गत पहिलोपटक ५ सय रुपैयाँ जरिवाना गरिएको हो।

सार्वजनिक बिदाका दिन राज्यमन्त्रीसमेत सवार नभएको अवस्थामा चालकले सरकारी गाडी चलाएको पाइएपछि कारबाही गरिएको प्रहरीले जनाएको छ।

यसअघि पनि कैलाली ट्राफिक प्रहरीले सरकारी सवारीसाधनको दुरुपयोग तथा ट्राफिक नियम उल्लंघनका घटनामा कारबाही गरेको थियो। सरकारी निवासमै हेल्मेटबिना बुलेट मोटरसाइकल चलाएको भिडिओ सार्वजनिक भएपछि निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहलाई समेत जरिवाना गरिएको थियो। यस्तै, लापरबाहीपूर्वक सवारीसाधन चलाएको भन्दै शीतल गिरीलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
14 घण्टा अगाडि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...

छुटाउनुभयो कि ?

TOP