चर्चामा
काठमाडौं । ओमानको तट नजिकै व्यावसायिक जहाज ‘एमटी एल गाइया’माथि हमला भएको छ। आइतबार भएको उक्त घटनाका बेला जहाजमा १४ जना भारतीय चालक दलका सदस्य सवार थिए।
हमलापछि १३ जना भारतीय नागरिकलाई सुरक्षित रूपमा उद्धार गरिएको छ भने एक जना भारतीय नागरिक अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ। बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।
भारतको विदेश मन्त्रालयले जहाजमाथि भएको हमलाको निन्दा गर्दै बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि ओमानी अधिकारीसँग समन्वय भइरहेको जनाएको छ। घटनाबारे ओमानस्थित भारतीय दूतावासले निरन्तर निगरानी गरिरहेको मन्त्रालयको भनाइ छ।
भारतले क्षेत्रीय तनाव तत्काल कम गर्न तथा शान्ति स्थापनाका लागि संवाद र कूटनीतिक माध्यम अपनाउन आग्रह गरेको छ। साथै, अन्तर्राष्ट्रिय जलमार्गमा सुरक्षित आवागमन सुनिश्चित गर्न र क्षेत्रीय शान्ति पुनःस्थापना गर्न सम्बन्धित पक्षलाई अपिल गरेको छ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!