चर्चामा
काठमाडौं । रसुवागढी नाका जोड्ने कोरिडोरमा आएको विनाशकारी बाढीले व्यापार, ढुवानी तथा कृषि क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण यस क्षेत्रको आर्थिक गतिविधि प्रभावित हुँदा व्यवसायसमेत ठप्प भएको छ।
प्रतिवेदनअनुसार बाढीबाट उत्पादनशील क्षेत्रमा मात्रै ३४ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष क्षति भएको छ। व्यापार तथा व्यवसाय सञ्चालन हुन नसक्दा थप १ खर्ब १६ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक नोक्सानी भएको उल्लेख गरिएको छ।
बाढीका कारण सडक तथा यातायात पूर्वाधारमा क्षति पुग्नुका साथै व्यापारिक गतिविधि, ढुवानी सेवा र कृषि उत्पादनमा समेत गम्भीर असर परेको छ। यसले रसुवागढी नाकामार्फत हुने आयात–निर्यात तथा स्थानीय अर्थतन्त्रलाई समेत प्रभावित बनाएको छ।
प्रतिवेदनले बाढीबाट प्रभावित यस क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन तथा दीर्घकालीन रूपमा पुनरुत्थान गर्न ४५ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने देखाएको छ।
प्रभावित क्षेत्रको पुनर्निर्माण, व्यापारिक गतिविधि पुनः सञ्चालन तथा कृषि र अन्य उत्पादनशील क्षेत्रलाई चलायमान बनाउन तत्काल प्रभावकारी योजना र पर्याप्त लगानी आवश्यक देखिएको छ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!