चर्चामा
काठमाडौं । धादिङको कृष्णभीर क्षेत्रमा पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको त्रिभुवन राजपथमा अत्यधिक सवारी चाप बढेको छ। यसका कारण हेटौंडाबाट काठमाडौं पुग्न बस तथा मालवाहक ट्रकलाई १० देखि १५ घण्टासम्म लाग्न थालेको छ।
साँघुरो, घुमाउरो तथा कमजोर अवस्थाको सडकमा सवारी साधनको चाप अस्वाभाविक रूपमा बढ्दा दैनिक लामो जाम हुने गरेको छ। बाटोमै गाडी बिग्रने, साना–ठूला दुर्घटना हुने तथा मोडहरूमा सवारी ‘ब्याक’ गर्नुपर्ने अवस्थाले यातायात थप प्रभावित बनेको छ।
लामो जामका कारण यात्रुहरूले खानेपानी तथा खानपिनको समेत समस्या भोग्नुपरेको छ। सडकको क्षमताभन्दा धेरै सवारी सञ्चालन हुँदा राजपथ थप जोखिमपूर्ण बन्दै गएको स्थानीय तथा यात्रुहरूले बताएका छन्।
पृथ्वीराजमार्ग खुल्ने निश्चित समय तय नभएकाले वैकल्पिक मार्गमा सवारी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। सम्बन्धित निकायले जाम व्यवस्थापन र यात्रुको सहजताका लागि आवश्यक कदम चाल्नुपर्ने माग बढिरहेको छ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!