चर्चामा
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि राहत तथा पुनःस्थापनाका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ। यसैबीच निलकमल ग्रुपका प्रबन्ध निर्देशक जयराम भुर्तेलले १ लाख ५१ हजार रुपैयाँको चेक नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई हस्तान्तरण गरेका छन्।
संघका अध्यक्ष डिक बहादुर खत्रीका अनुसार उक्त रकम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा बुझाइने तयारी गरिएको छ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको निलकमल ग्रुपले जनाइएको छ।
निलकमल ग्रुपले विगतदेखि नै बाढी, पहिरो, भूकम्पलगायत विभिन्न प्राकृतिक विपत्तिका बेला सामाजिक उत्तरदायित्व अन्तर्गत राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ। विपत्तिको घडीमा निजी क्षेत्रबाट प्राप्त यस्ता सहयोगले पीडितहरूको पुनर्स्थापनामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
पर्वत । जलजला गाउँपालिका-७ लामाबगरमा सुख्खा पहिरोले घर पुरिँदा च्यापिएका एक जनाको सकुशल उद्धार गरिएक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!