युवतीलाई बाँधेर पेट्रोल छर्किएपछि आगो लगाउन खोजेको आरोप, एक जना पक्राउ

युवतीलाई बाँधेर पेट्रोल छर्किएपछि आगो लगाउन खोजेको आरोप, एक जना पक्राउ

झापा । बिर्तामोड नगरपालिका-५ मा एक युवतीलाई हातखुट्टा र घाँटी बाँधेर पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्ला, कदमगाछीका ४२ वर्षीय दिलिप चन्द्र राय रहेका छन्। उनी बिर्तामोड-५ स्थित इलाम स्टेनमा रहेको अमृत भोग मिठाई पसलमा काम गर्दै आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार असोज १२ गते राति करिब १०ः३० बजे राय मादक पदार्थ सेवन गरी पेट्रोल बोकेर २२ वर्षीया रविना मगरको डेरामा प्रवेश गरेका थिए। त्यसपछि तन्ना च्याती मगरको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको आरोप छ। घटनाबारे सूचना पाएपछि पुगेको प्रहरीले रायलाई नियन्त्रणमा लिएको हो। घटनामा घाइते भएकी मगरलाई उपचारका लागि मनमोहन अस्पताल, बिर्तामोड लगिएको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका रायमाथि घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

स्याउका कार्टुनमा घुस ओसारपसारको आरोप, राणासँग जोडिएका व्यक्तिको घरमा छापा
11 घण्टा अगाडि

प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...

छुटाउनुभयो कि ?

TOP