चर्चामा
काठमाडौं । दसैं आउन दुई साता मात्र बाँकी रहँदा चीनसँग जोडिएका नेपालका प्रमुख तीनवटै व्यापारिक नाका एकपछि अर्को गर्दै बन्द भएका छन्। नाका बन्द भएपछि चीनबाट स्थलमार्ग हुँदै नेपालमा हुने वस्तु तथा सामग्रीको आपूर्ति प्रभावित भएको छ।चीनसँगको व्यापारका लागि महत्वपूर्ण रसुवागढी, तातोपानी र कोरला नाका बन्द भएपछि दुई देशबीचको स्थलमार्गबाट हुने आपूर्ति शृंखला अवरुद्ध भएको हो।दसैंको पूर्वसन्ध्यामा नाका बन्द हुँदा चीनबाट आयात हुने लत्ताकपडा, विद्युतीय सामग्री, फलफूललगायत दैनिक उपभोग्य तथा व्यापारिक वस्तुको आपूर्तिमा असर पर्न सक्ने देखिएको छ।
व्यापारीहरूले दसैंका लागि आवश्यक सामग्री भित्र्याउने समयमै नाका बन्द हुँदा व्यवसाय तथा बजार आपूर्तिमा थप दबाब पर्न सक्ने बताएका छन्। नाका सञ्चालनमा नआएसम्म चीनबाट हुने स्थल व्यापारमा प्रत्यक्ष असर पर्ने अवस्था देखिएको छ।
प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!