चर्चामा
पर्वत । जलजला गाउँपालिका-७ लामाबगरमा सुख्खा पहिरोले घर पुरिँदा च्यापिएका एक जनाको सकुशल उद्धार गरिएको छ।
आज बिहान करिब ५ः३० बजे माथिबाट ढुङ्गा-माटोसहितको सुख्खा पहिरो खस्दा स्थानीय अन्दाजी ६५ वर्षीय आत्माराम आचार्य घरभित्र च्यापिएका थिए। उद्धार टोलीले उनलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो।
उद्धार गरिएका आचार्यको दाहिने आँखामाथिल्लो भाग र टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।
थप उपचारका लागि उनलाई प्रदेश अस्पताल बेनी, म्याग्दी पठाइएको छ।
प्रधानमन्त्री कार्यालयमा परेको उजुरीले अहिले एउटा रोचक विषय बाहिर ल्याएको छ। उजुरीमा स्याउका बक्सा त ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!