तेस्रो संस्करणको एनपीएल आजदेखि सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

तेस्रो संस्करणको एनपीएल आजदेखि सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आज (सोमबार) देखि काठमाडौंमा सुरु हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आगामी मंसिर ५ गते हुने तालिका रहेको छ।

यस संस्करणको एनपीएलमा विश्व क्रिकेटका चर्चित विदेशी खेलाडीहरूको सहभागिता रहनेछ। अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, श्रीलंकाका एन्जेलो म्याथ्युज र दक्षिण अफ्रिकाका डेविड मिलरजस्ता अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीले प्रतियोगितामा खेल्नेछन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मान्यता प्राप्त एनपीएलको यस संस्करणमा पहिलोपटक निर्णय समीक्षा प्रणाली (डीआरएस) समेत प्रयोग गरिनेछ। यसले खेलको निर्णय प्रक्रियालाई थप प्रविधिमैत्री र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।

प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ।

एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक स्तर उकास्नुका साथै घरेलु खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका चर्चित खेलाडीसँग खेल्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भोलिदेखि एनपीएलको रौनक, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
16 घण्टा अगाडि

काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...

छुटाउनुभयो कि ?

TOP