चर्चामा
काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोगले तयार पारेको प्रारम्भिक विपद्पछिको आवश्यकता मूल्याङ्कन (पीडीएनए) प्रतिवेदनले बाढीबाट भएको क्षतिको भयावह तस्वीर सार्वजनिक गरेको हो।
आयोगका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तह प्रभावित भएका छन्। ती जिल्लाका ६ हजार ८ सय १७ घरपरिवार र १ हजार ६ सय ३८ व्यवसायमा बाढीले क्षति पुर्याएको छ।
प्रतिवेदनअनुसार सबैभन्दा बढी क्षति जग्गाजमिनमा भएको छ। जग्गाजमिनमा मात्रै ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको छ।
बाढीका कारण ३ हजार १ सय ४ वटा संरचना पुनः प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्। यसले प्रभावित क्षेत्रका नागरिकको आवास, जीविकोपार्जन र व्यावसायिक गतिविधिमा गम्भीर असर पारेको देखिएको छ।
राष्ट्रिय योजना आयोगको प्रारम्भिक मूल्याङ्कनले भोटेकोशी बाढीबाट भएको क्षति ठूलो आर्थिक र सामाजिक चुनौतीका रूपमा देखाएको छ। प्रभावित परिवारको पुनःस्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावित क्षेत्रको आर्थिक गतिविधि पुनः सञ्चालन गर्नु अब प्रमुख चुनौती बनेको छ।
काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले चीन र भारतमा द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!