हेटौँडामा घरभित्रै श्रीमान् मृत, श्रीमती घाइते; घटनाबारे अनुसन्धान जारी

हेटौँडामा घरभित्रै श्रीमान् मृत, श्रीमती घाइते; घटनाबारे अनुसन्धान जारी

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ भावनामार्गस्थित एक घरमा श्रीमान् मृत र श्रीमती घाइते अवस्थामा फेला परेपछि घटनाले स्थानीय क्षेत्रमा चासो बढाएको छ। प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार ४६ वर्षीय शंकर कार्की घरको दोस्रो तलामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। उनकी करिब ४५ वर्षीया श्रीमती चरिमाया कार्की भान्साकोठामा घाइते अवस्थामा भेटिएकी थिइन्। उनको मुख, टाउको र दुवै खुट्टामा चोट लागेको बताइएको छ।

घाइते चरिमायालाई सुरुमा हेटौँडा अस्पताल लगिएको थियो। पछि थप उपचारका लागि भरतपुर अस्पताल पुर्‍याइएको समाचारमा उल्लेख छ।

घटनास्थलमा रगत लागेको ढुङ्गाको लोहोरो, धारिलो हतियार र इँटासमेत फेला परेको प्रहरीले जनाएको छ। घटनापछि मृतकका भतिजले चरिमायाविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरी दिएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भोलिदेखि एनपीएलको रौनक, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
12 घण्टा अगाडि

काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...

छुटाउनुभयो कि ?

TOP