चर्चामा
काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। खेल अपराह्न ४ः३० बजे सुरु हुने तालिका छ।
यस संस्करणमा नेपाली खेलाडीसँगै विभिन्न देशका चर्चित क्रिकेटर पनि मैदानमा उत्रिनेछन्। डेभिड वार्नर, आन्द्रे रसेल, डेभिड मिलर र शाकिब अल हसनजस्ता खेलाडीको सहभागिताले प्रतियोगितालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।
एनपीएलको तेस्रो संस्करण नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ। यसपटक प्रतियोगिताका सबै खेलले आईसीसीबाट आधिकारिक लिस्ट ‘ए’ टी–२० मान्यता पाएकाले खेलाडीको प्रदर्शन आधिकारिक टी–२० तथ्यांकमा समेत समावेश हुनेछ।
काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले चीन र भारतमा द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!