ब्राजिलमा लुलाको ऐतिहासिक पुनरागमन, चौथोपटक राष्ट्रपति निर्वाचित

ब्राजिलमा लुलाको ऐतिहासिक पुनरागमन, चौथोपटक राष्ट्रपति निर्वाचित

काठमाडौ ।ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथोपटक राष्ट्रपतिमा निर्वाचित भएका छन् । कडा प्रतिस्पर्धाबीच दोस्रो चरणको निर्वाचनमा पुनरागमन गर्दै लुलाले ऐतिहासिक जित हासिल गरेका हुन् ।

निर्वाचन अधिकारीहरूले आइतबार भएको दोस्रो चरणको मतदानको परिणाम सार्वजनिक गर्दै लुलाको विजय सुनिश्चित गरेका हुन् । निर्वाचनमा ९८ प्रतिशतभन्दा बढी मतगणना हुँदा लुलाले ५१ दशमलव ७५ प्रतिशत मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी दक्षिणपन्थी नेता फ्ल्याभियो बोल्सोनारोले ४८ दशमलव २५ प्रतिशत मत प्राप्त गरेका छन् । 

सन् १९८८ मा ब्राजिलमा प्रजातन्त्र पुनःस्थापना भएपछि पहिलो चरणको निर्वाचनमा पछि परेर पनि दोस्रो चरणमा विजय हासिल गर्ने लुला पहिलो उम्मेदवार बनेका छन् । यससँगै उनले ब्राजिलको लोकतान्त्रिक इतिहासमा चारपटक राष्ट्रपति निर्वाचित हुने पहिलो नेताको कीर्तिमानसमेत बनाएका छन् । 

यस महिनाको सुरुवातमा भएको पहिलो चरणको निर्वाचनमा पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्ल्याभियो बोल्सोनारोले ४७ दशमलव ०३ प्रतिशत मत प्राप्त गर्दै अग्रता लिएका थिए । त्यतिबेला लुलाले ४५ दशमलव १६ प्रतिशत मत प्राप्त गरेका थिए । पहिलो चरणमा करिब दुई प्रतिशतको मतान्तरले पछि परेका लुलाले दोस्रो चरणमा चुनावी रणनीति परिवर्तन गर्दै मतदाताको समर्थन जुटाउन सफल भएका हुन् । 

८० वर्षीय लुलाले निर्वाचन अभियानका क्रममा राष्ट्रिय सार्वभौमसत्तालाई प्रमुख मुद्दा बनाएका थिए । उनले ब्राजिलको राष्ट्रिय झण्डा चुम्ने र अमेरिकी झण्डा चुम्ने व्यक्तिमध्ये जनताले कसलाई रोज्ने भन्ने प्रश्न उठाउँदै मतदातासमक्ष आफ्नो पक्षमा समर्थन मागेका थिए ।

लुलाको जितसँगै ब्राजिलमा वामपन्थी नेतृत्व निरन्तर रहने भएको छ । उनको नयाँ कार्यकाल सन् २०२७ जनवरीदेखि सुरु हुनेछ । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भोलिदेखि एनपीएलको रौनक, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
15 घण्टा अगाडि

काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...

छुटाउनुभयो कि ?

TOP