चर्चामा
काठमाडौं । दशैँ मनाउन गाउँघर तथा आफन्तकहाँ गएकाहरू राजधानी काठमाडौं फर्किने क्रम बढेको छ। दशैँको टीका, जमरा र पारिवारिक भेटघाट सकेर सर्वसाधारण फर्किन थालेपछि काठमाडौंका सडक, बसपार्क तथा सार्वजनिक यातायातमा यात्रुको चाप बढेको हो।
लामो बिदा सकिएसँगै रोजगारी, अध्ययन तथा व्यवसायका लागि काठमाडौंमा बसोबास गर्दै आएका नागरिक आफ्नो नियमित दैनिकीमा फर्किन थालेका छन्। सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था र विभिन्न व्यवसाय पुनः सञ्चालन हुन थालेपछि राजधानी फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दशैँ मनाएर फर्किने यात्रुको चाप बढेसँगै राजधानी प्रवेश गर्ने प्रमुख सडक तथा सार्वजनिक यातायातमा चहलपहल बढेको छ। यात्रुको आवागमन सहज बनाउन ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा सक्रियता बढाएको छ।
काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख नाकाहरू नागढुङ्गा (थानकोट), साँगा (भक्तपुर), मुड्खु (बालाजु), फर्पिङ (बल्खु) र टोखा (छहरे) क्षेत्रमा सवारीसाधन तथा यात्रुको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ।
दशैँको बिदा सकेर राजधानी फर्किने यात्रुको सङ्ख्या अझै बढ्ने देखिएकाले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारी आवागमन व्यवस्थापनलाई ट्राफिक प्रहरीले प्राथमिकता दिएको छ।
काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!