अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको सैन्य कारबाहीको चेतावनी

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको सैन्य कारबाहीको चेतावनी

काठमाडौ ।अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कूटनीतिक सहमति हुन नसके सैन्य विकल्पसमेत प्रयोग हुन सक्ने चेतावनी दिएको विषयले अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ।

अमेरिका र इरानबीचको विवादको केन्द्रमा इरानको आणविक कार्यक्रम, क्षेत्रीय सुरक्षा र रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्ग रहेको छ। विश्वको ठूलो परिमाणमा पेट्रोलियम पदार्थ ओसारपसार हुने यो जलमार्गमा तनाव बढ्दा त्यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय तेल बजारमा पर्ने जोखिम रहन्छ।

अमेरिकाले इरानमाथि सम्भावित सैन्य कारबाहीका विकल्प तयार राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी युद्धपोत र सैन्य विमानलाई सम्भावित कारबाहीका लागि तयारी अवस्थामा राखिएको समाचारसमेत सार्वजनिक भएको छ। 

यता इरानले पनि अमेरिकी सैन्य गतिविधिको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। इरानी सैन्य नेतृत्वले अमेरिकी युद्धपोतलाई फारसको खाडीमा प्रवेश गर्न नदिने बताएको छ। अमेरिकाले आक्रमण गरे त्यसको जवाफ अझ कडा हुने इरानको चेतावनी छ। 

यसैबीच, होर्मुज जलमार्गमा जहाज आवागमन प्रभावित हुन थालेपछि विश्व बजारमा तेल आपूर्तिलाई लिएर चिन्ता बढेको छ। उक्त जलमार्गमा अवरोध लम्बिए विश्वभर पेट्रोलियम पदार्थको मूल्य बढ्ने र त्यसको असर यातायात, उद्योग तथा उपभोक्ताको दैनिक खर्चमा पर्ने जोखिम छ। 

अमेरिका र इरानबीच कूटनीतिक सहमतिको सम्भावना पूर्ण रूपमा समाप्त भइसकेको छैन। ट्रम्पले सैन्य कारबाही र सम्झौता दुवै विकल्प खुला राखेका छन्। तर दुवै देशको पछिल्लो अभिव्यक्तिले मध्यपूर्वमा थप सैन्य तनाव बढ्न सक्ने संकेत गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प !
13 घण्टा अगाडि

बैतडीमा आइतबार दिउँसो ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्प मापन केन्द्र, सुर्खेतका अनुसार दिउँस ...

छुटाउनुभयो कि ?

TOP