चर्चामा
काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले चीन र भारतमा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टोलीले नोभेम्बर ३ देखि ८ सम्म चीनमा हुने ‘बेल्ट एन्ड रोड यू–१९ गल्र्स टी–२० आई’ प्रतियोगितामा सहभागिता जनाउनेछ। प्रतियोगितामा नेपालसहित चीन, हङकङ र थाइल्यान्डका टोलीले प्रतिस्पर्धा गर्नेछन्।
चीनको प्रतियोगितापछि नेपाली टोली भारतको बेंगलुरु जानेछ। त्यहाँ नोभेम्बर १० देखि २२ सम्म हुने त्रिकोणात्मक शृङ्खलामा नेपालले भारतका यू–१९ महिला ‘ए’ र ‘बी’ टोलीसँग खेल्नेछ।विश्वकपअघि यी प्रतियोगितामा सहभागी हुँदा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय अनुभव बटुल्ने र आफ्नो खेल सुधार्ने अवसर पाउनेछन्।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!