चर्चामा
काठमाडौ ।दसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या तीव्र रूपमा बढेको छ। पछिल्लो एक सातामा मात्रै ४ लाख ३९ हजार ४ सय ९२ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्।
दसैँ नजिकिएसँगै पृथ्वी राजमार्ग, बीपी राजमार्गलगायत उपत्यका बाहिरिने प्रमुख सडक तथा नाकाहरूमा सवारीसाधनको चाप बढेको छ। सडकमा सवारी चाप बढे पनि सडक अवरुद्ध हुने अवस्था भने नरहेको सम्बन्धित अधिकारीहरूले बताएका छन्।
बीपी राजमार्गका एकतर्फी सञ्चालन हुने पुलहरू तथा नागढुंगा–मुग्लिन सडकखण्डमा भने सवारी जाम देखिएको छ। यात्रुको चाप बढेसँगै अष्टमीसम्म उपत्यका छाड्ने क्रम जारी रहने अनुमान गरिएको छ।
यातायात व्यवसायीहरूका अनुसार यस वर्ष दसैँसम्म १५ लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ।
काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!