चर्चामा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम दुवै अध्यादेश जारी गरिएको बताएका छन्।
संविधानको धारा ११४ मा संघीय संसद्का दुवै सदनको अधिवेशन नचलेको अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था गरिएको छ।
अध्यादेश जारी भएसँगै वन र भूमिसम्बन्धी केही प्रचलित नेपाल ऐनमा संशोधन गर्ने बाटो खुलेको छ। सरकारले यी अध्यादेशमार्फत वन तथा भूमि क्षेत्रसँग सम्बन्धित कानुनी व्यवस्थामा परिवर्तन गर्न खोजेको छ।
यद्यपि अध्यादेशमा समेटिएका संशोधनका विस्तृत विषय र त्यसले वन क्षेत्र तथा भूमि व्यवस्थापनमा पार्ने प्रभावबारे पूर्ण पाठबाट थप स्पष्ट हुने देखिएको छ।
काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!