अमेरिकी सेनामा ठूलो ‘सर्जरी’, २० प्रतिशत जनरल–एडमिरल पद कटौती गर्ने घोषणा

अमेरिकी सेनामा ठूलो ‘सर्जरी’, २० प्रतिशत जनरल–एडमिरल पद कटौती गर्ने घोषणा

काठमाडौ ।अमेरिकी रक्षा मन्त्रालयले सेनाको उच्च नेतृत्व तहमा ठूलो पुनर्संरचना गर्ने घोषणा गरेको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सेना, नौसेना र वायुसेनामा रहेका करिब २० प्रतिशत जनरल तथा एडमिरल पद कटौती गरिने बताएका हुन्। 

भर्जिनियाको क्वान्टिको सैन्य आधारमा आयोजित ‘स्टेट अफ द फोर्स’ सम्बोधनमा हेगसेथले सेनालाई थप चुस्त, प्रभावकारी र युद्ध केन्द्रित बनाउने उद्देश्यले यो निर्णय गरिएको बताए। योजनाअनुसार केही उच्च पदहरू पूर्ण रूपमा हटाइने छन् भने केही पदको स्तर घटाइनेछ। 

अमेरिकी सञ्चारमाध्यमका अनुसार यो निर्णय कार्यान्वयन भए करिब १७० उच्च सैनिक पद प्रभावित हुन सक्छन्। कटौती आगामी जनवरी १ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

रक्षामन्त्री हेगसेथले यससँगै ड्रोन तथा स्वचालित युद्ध प्रणालीलाई प्राथमिकता दिने नयाँ सैन्य कमाण्ड स्थापना गर्ने योजना पनि सार्वजनिक गरेका छन्। 

तर विपक्षी राजनीतिज्ञ र केही सुरक्षा विज्ञहरूले भने यस्तो निर्णयले अमेरिकी सेनाको अनुभवयुक्त नेतृत्व कमजोर बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। 

टेलिभिजन क्लोज : विश्वकै शक्तिशाली सैन्य संगठन मानिने अमेरिकी सेनामा उच्च तहको नेतृत्व कटौती गर्ने यो निर्णयलाई पछिल्ला वर्षकै सबैभन्दा ठूलो संरचनात्मक परिवर्तनका रूपमा हेरिएको छ। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन 'ए' खुवाइने
एक घण्टा अगाडि

काठमाडौँ । सरकारले कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन 'ए' खुवाउने ...

छुटाउनुभयो कि ?

TOP