चर्चामा
बारा। बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–२ सलेमपुरबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउण्ड गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सोही नगरपालिकाको अमृतगञ्ज निवासी अन्दाजी ५० वर्षीय जयप्रकाश कुसवाह रहेका छन्।
एपीएफ इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा बोर्डर आउट पोष्ट गोलागञ्जबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर मल्लको कमाण्डमा खटिएको टोलीले जाँचका क्रममा कुसवाहको साथबाट दुई थान कटुवा पेस्तोल र ५ राउण्ड गोली बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । सरकारले कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन 'ए' खुवाउने ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!