चर्चामा
काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। हाल बागमती र गण्डकी प्रदेशका केही तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा अन्य प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले भारी वर्षा हुन सक्ने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन तथा नदी, खोला र पहिरो जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
काबुल । अन्तर्राष्ट्रिय सहायता घट्दै जाँदा र खाद्यान्नको मूल्य बढेपछि अफगानिस्तानमा भोकमरी र कुपोषणक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!