चर्चामा
भारतको पश्चिम बंगालको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।अधिकारीहरूका अनुसार शनिबार राति वर्षा सुरु भएपछि मण्डप नजिकै भेला भएका मानिसहरू ओत लाग्न दौडिँदा भीड अनियन्त्रित बनेको थियो। केही भक्तजन सडकमा लडेपछि भागदौड मच्चिएको प्रहरीले जनाएको छ।घाइतेहरूको कोलकाता मेडिकल कलेज तथा अस्पतालमा उपचार भइरहेको छ। घटनापछि मुख्यमन्त्री सुभेन्दु अधिकारी अस्पताल पुगेर १९ जनाको मृत्यु भएको र २५ जनाको उपचार भइरहेको जानकारी दिएका छन्।घटनाको छानबिनका लागि उच्च अदालतका न्यायाधीशको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरिने अधिकारीहरूले बताएका छन्। प्रहरीले केही दुर्गा पूजा मण्डपका आयोजक, निजी सुरक्षाकर्मी तथा ड्युटीमा खटिएका कर्मचारीलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाएको छ।भीड व्यवस्थापन र सुरक्षा व्यवस्थामा कमजोरी भए–नभएकोबारे समेत अनुसन्धान भइरहेको जनाइएको छ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देश राजनीतिक, आर्थिक तथा सामाजिक संकटमा रहेको निष्कर्षसहित दुई ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!