क्रोएसियामा यहुदीविरोधी नारा लगाउने १२ फुटबल समर्थक पक्राउ

क्रोएसियामा यहुदीविरोधी नारा लगाउने १२ फुटबल समर्थक पक्राउ

क्रोएसिया । फुटबल खेलअघि यहुदीविरोधी तथा नाजी समर्थक नारा लगाउँदै हिंसा भड्काएको आरोपमा क्रोएसियामा १२ जना फुटबल समर्थक पक्राउ परेका छन्।

क्रोएसियाको स्प्लिट सहरमा हाज्दुक स्प्लिट र नेदरल्यान्ड्सको आयाक्सबीच युरोपेली कन्फरेन्स लिगको खेल हुनुअघि समर्थकहरूले यहुदी समुदायलाई लक्षित गर्दै आपत्तिजनक नारा लगाएका थिए। उनीहरूले नाजी नेता एडोल्फ हिटलरको समर्थनमा समेत नारा लगाएको समाचारमा उल्लेख छ।

घटनाका क्रममा समर्थक र प्रहरीबीच झडपसमेत भएको थियो। खेल चलिरहेका बेला मैदानमा ज्वलनशील सामग्री र अन्य वस्तु फालिएपछि खेल करिब १२ मिनेट रोकिएको थियो। पछि खेलमा हाज्दुक स्प्लिटले आयाक्सलाई २-१ गोलले पराजित गरेको थियो।

घटनाप्रति क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिच, सरकार तथा इजरायली दूतावासले आपत्ति जनाएका छन्। राष्ट्रपति मिलानोभिचले नाजीवादको महिमामण्डन गर्ने गतिविधिविरुद्ध कडा कारबाही हुनुपर्ने बताएका छन्।

हाज्दुक स्प्लिट क्लबले पनि घटनाप्रति दुःख व्यक्त गर्दै समर्थकहरूको व्यवहारप्रति माफी मागेको छ। घटनाका कारण क्लबले युरोपेली फुटबल महासङ्घ (यूईएफए) को अनुशासनात्मक कारबाहीसमेत सामना गर्नुपर्ने सम्भावना छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP