विद्युतीय सार्वजनिक सवारी साधन खरिद गर्न चाहनेहरूका लागि खुसीको खबर आएको छ। अब यस्ता सवारी किन्न बैंक तथा वित्तीय संस्थाबाट ८० प्रतिशतसम्म ऋण लिन सकिने भएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सो सीमासम्म ऋण प्रवाह गर्न सक्नेगरी नयाँ निर्देशन जारी गरेको हो।
यस व्यवस्थाअनुसार, १ करोड रुपैयाँ मूल्यको विद्युतीय सार्वजनिक सवारी खरिद गर्न अब २० लाख रुपैयाँ मात्रै आफ्नै लगानी गरे पुग्नेछ, बाँकी ८० लाख रुपैयाँसम्म बैंकबाट ऋण लिन सकिनेछ।
यस निर्णयले सार्वजनिक यातायातलाई विद्युतीयतर्फ रूपान्तरण गर्न, वातावरणमैत्री यातायातको प्रयोग बढाउन र व्यवसायीलाई लगानी गर्न थप सहज हुने अपेक्षा गरिएको छ।
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन्। एमालेले सरका ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!