काठमाडौ ।पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा झन्डै ६ महिनापछि आज स्वदेश फर्किंदै छन्। उपचारका लागि विदेशमा रहेका देउवा थाई एयरवेजमार्फत दिउँसो काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।
देउवाको स्वदेश फिर्तीलाई लक्षित गर्दै कांग्रेसको संस्थापनइतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा, सांस्कृतिक झाँकी तथा नेता–कार्यकर्ताको उल्लेख्य सहभागितासहित भव्य स्वागत गर्ने तयारी गरेको छ।
इतर समूहको राष्ट्रिय भेलाका लागि गठित सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले देउवाको स्वागतमा सांस्कृतिक झाँकीसहित विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिएकी छन्। स्वागत कार्यक्रममा देशभरबाट कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।
देउवाको आगमनसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक गतिविधि थप तीव्र हुने अनुमान गरिएको छ। उनी स्वदेश फर्किएलगत्तै काठमाडौंमा हुने संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रमसमेत रहेको छ।
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!