धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन्। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाहले बुधबार नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएका छन्।
मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता शाहले दिउँसो २ बजेका लागि बैठक आह्वान गरेका हुन्। बैठकमा प्रदेश सरकारको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने र मुख्यमन्त्री शाहले राजीनामा दिने निर्णय सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
प्रदेश सरकारको बजेट विवाद चर्किएपछि गत असार ३१ गते मुख्यमन्त्री शाहले एमालेका चार मन्त्रीलाई पदमुक्त गरेका थिए। त्यसलगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्तापछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
कांग्रेसकी प्रमुख सचेतक सरस्वती खड्काका अनुसार दलको बैठकले सरकारको भावी रणनीतिबारे निर्णय गर्नेछ। शाहले राजीनामा दिएसँगै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।
केन्द्रमा भएको राजनीतिक सहमतिअनुसार अब नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को समर्थनमा नेकपाका खगराज भट्ट सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ। शाहको राजीनामापछि भट्टले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन्।
यससँगै सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण फेरिने र नयाँ नेतृत्वमा सरकार गठन हुने बाटो खुल्ने भएको छ।
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!