इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी जारी

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी जारी

इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस टापु नजिक शुक्रबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सुनामीको जोखिम औंल्याउँदै सम्बन्धित निकायले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।

इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी (बीएमकेजी)का अनुसार स्थानीय समयअनुसार बिहान ४ः५८ बजे भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु पूर्वी नुसा तेङ्गारा प्रान्तको नागेकेओबाट करिब ३० किलोमिटर उत्तरपूर्व समुद्री क्षेत्रमा रहेको थियो। भूकम्पको गहिराइ १५ किलोमिटर मापन गरिएको छ।

भूकम्प फ्लोरेस क्षेत्र आसपास केन्द्रित भएको बताइएको छ। यो क्षेत्र इन्डोनेसियाको प्रसिद्ध पर्यटकीय गन्तव्य बाली टापुभन्दा पूर्वतर्फ अवस्थित छ।

शक्तिशाली भूकम्पपछि बीएमकेजीले पूर्वी नुसा तेङ्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेङ्गारा प्रान्तका तटीय क्षेत्रमा सुनामी चेतावनी जारी गरेको थियो। प्रारम्भिक अनुमानअनुसार सम्भावित सुनामीका छालहरू ०.५ मिटरदेखि ३ मिटरसम्म उचाइका हुन सक्ने जनाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP