जिल्ला प्रहरी परिसरमा थुनुवाको चाप बढेकाले मुद्दा अभियोजन तथा अनुसन्धानमा सहजताका लागि बिहीबार बेलुकी उनलाई महाराजगञ्ज सारिएको जिल्ला प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा श्रेष्ठलाई भेट्न चाहने व्यक्तिको आवतजावतमा नियन्त्रण गरिएको छ। परिवारबाट उपलब्ध गराइएका अत्यावश्यक स्वास्थ्य सामग्री भने प्रयोग गर्न दिइएको प्रहरीले जनाएको छ।
केन्द्रीय प्रहरी स्रोतका अनुसार अनुसन्धानका क्रममा पत्रिका तथा अनलाइनमा प्रकाशित समाचारबाहेकका विषयमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले कम चाप हुने प्रहरी कार्यालयमा सारिएको हो।
यसैबीच, प्रहरीले श्रेष्ठका विभिन्न इलेक्ट्रोनिक्स डिभाइसको समेत अनुसन्धान अघि बढाएको छ। सामाखुसीस्थित प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा ती डिभाइसको परीक्षण भइरहेको स्रोतले जनाएको छ।
यस्तै, श्रेष्ठका विभिन्न बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कारोबारसमेत अध्ययन भइरहेको स्रोतको भनाइ छ। अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा प्रहरीले थप प्रक्रिया अघि बढाउने जनाएको छ।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!