धवलशमशेरपछि दुर्गा प्रसाईँले पनि छुट्टै पार्टी गठन गर्ने

धवलशमशेरपछि दुर्गा प्रसाईँले पनि छुट्टै पार्टी गठन गर्ने
धवलशमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएर नयाँ पार्टी गठन गर्ने तयारी गरिरहेका बेला दुर्गा प्रसाईँले पनि छुट्टै राजनीतिक दल गठन गर्ने भएका छन्।

राणा र प्रसाईँले सुरुवातमा सँगै नयाँ पार्टी खोल्ने तयारी गरे पनि आपसी सहमति हुन नसकेपछि दुवैले अलग–अलग पार्टी गठनको तयारी अघि बढाएका हुन्।

प्रसाईँले वैदिक सनातनी हिन्दु अधिराज्यसहितको पार्टी गठन गर्ने बताएका छन्। उनका अनुसार नयाँ पार्टी देशका पीडित, शोषित, उत्पीडित तथा आम नागरिकको हक, अधिकार र न्यायका लागि समर्पित हुनेछ।

नयाँ पार्टी गठनको तयारीसँगै प्रसाईँले संगठन विस्तार तथा आगामी राजनीतिक गतिविधिलाई समेत तीव्रता दिने बताएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP