घरभाडाको मापदण्ड बनाउन संसदमा माग, 'बसभाडाजस्तै घरभाडा पनि सरकारले तोकोस्' : रमेश प्रसाईं

घरभाडाको मापदण्ड बनाउन संसदमा माग, 'बसभाडाजस्तै घरभाडा पनि सरकारले तोकोस्' : रमेश प्रसाईं

काठमाडौं । प्रतिनिधिसभा सदस्य रमेश प्रसाईंले घरभाडा व्यवस्थापनका लागि सरकारले स्पष्ट मापदण्ड बनाउन माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रसाईंले काठमाडौंलगायत सहरी क्षेत्रमा घरबेटीहरूले मनपरी रूपमा घरभाडा निर्धारण गरिरहेको भन्दै त्यसलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए।

उनले एउटा कोठाको भाडा ८ देखि १० हजार रुपैयाँसम्म लिने गरिएको उल्लेख गर्दै बसभाडाजस्तै घरभाडाको दर पनि सरकारले निर्धारण गर्नुपर्ने धारणा राखे। साथै, विद्यार्थी, मजदुर तथा रोजगारीका लागि काठमाडौं आएका सर्वसाधारणलाई चर्को घरभाडाले प्रत्यक्ष असर परेको उनको भनाइ थियो।

प्रसाईंले घरभाडासँगै बिजुली, पानी र फोहोर व्यवस्थापनका नाममा थप रकम असुल्ने प्रवृत्तिबारे पनि सरकारको ध्यानाकर्षण गराए। घरभाडा व्यवस्थापनका लागि स्पष्ट मापदण्ड लागू गर्न उनले सरकारसँग माग गरेका छन्।

उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा पनि घरभाडा नियमनको पक्ष र विपक्षमा बहस सुरु भएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP