चितवन ।चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वर्षौंदेखि आतंक मच्चाउँदै आएको र हालसम्म २५ जनाको ज्यान लिइसकेको जंगली हात्ती ‘ध्रुवे’ लाई नियन्त्रणमा लिएर घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिएको छ। मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले ध्रुवेको करिब ६ इन्च दाह्रा पनि काटिएको छ।
निकुञ्ज प्रशासन, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना, सुरक्षा निकाय तथा प्राविधिक टोलीको संयुक्त अभियानमा बुधबार राति निकुञ्जभित्रको सुखिभार पोस्ट नजिक ध्रुवेलाई डार्ट प्रहार गरी बेहोस बनाइएको थियो। त्यसपछि उसको घाँटीमा स्याटेलाइट प्रविधिमा आधारित रेडियो कलर जडान गरिएको र दुवै दाह्रा करिब ६ इन्च छोट्याइएको हो।
निकुञ्जका अनुसार रेडियो कलरमार्फत ध्रुवेको हरेक गतिविधि वास्तविक समयमा निगरानी गर्न सकिनेछ। यसबाट हात्ती बस्ती नजिक पुगेमा समयमै स्थानीयलाई सचेत गराउन र सम्भावित मानवीय क्षति रोक्न सहयोग पुग्ने विश्वास गरिएको छ।
पछिल्लो पटक असार २० गते भरतपुर–२३ बेलहट्टामा ध्रुवेको आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको मृत्यु भएको थियो। सो घटनापछि ध्रुवेलाई नियन्त्रणमा लिएर निगरानीमा राख्न विशेष अभियान सञ्चालन गरिएको थियो।
निकुञ्ज प्रशासनले रेडियो कलर जडान र दाह्रा छोट्याउने कार्यले ध्रुवेको गतिविधि व्यवस्थापन गर्न सहज हुने तथा मानव–हात्ती द्वन्द्व कम गर्न महत्वपूर्ण सहयोग पुग्ने जनाएको छ।
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन्। एमालेले सरका ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!