भरतपुरका बस्ती जलमग्न, घरभित्रै पस्यो वर्षाको पानी !

भरतपुरका बस्ती जलमग्न, घरभित्रै पस्यो वर्षाको पानी !

चितवनको भरतपुर महानगरपालिका-११ अन्तर्गत गोर्खाली टोल, मृगकुञ्ज लगायतका क्षेत्र लगातारको वर्षापछि जलमग्न भएका छन्। वर्षाको पानी स्थानीयका घरभित्रै पसेपछि जनजीवन कष्टकर बनेको छ। धेरै परिवार दैनिक कामकाज गर्नसमेत कठिनाइ भोगिरहेका छन् भने स्थानीयहरू घुँडासम्म पानीमा हिँड्न बाध्य भएका छन्। स्थानीयवासीका अनुसार अव्यवस्थित सहरीकरण, पर्याप्त नालीको अभाव र कुलो थुनिएका कारण हरेक वर्षायाममा यस्तै डुबानको समस्या दोहोरिने गरेको छ। पटक-पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि दीर्घकालीन समाधान हुन नसकेको उनीहरूको गुनासो छ। स्थानीयले डुबान समस्याको स्थायी समाधानका लागि प्रभावकारी ढल तथा निकास व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

 

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP