विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज राजीनामा दिँदै

विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज राजीनामा दिँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिने भएका छन्। प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने अवस्था नरहेपछि मुख्यमन्त्री शाह राजीनामा दिने निष्कर्षमा पुगेका हुन्।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने समयसीमाभित्रै राजीनामा बुझाउन लागेका हुन्। आवश्यक बहुमत जुटाउने सम्भावना समाप्त भएपछि उनले सभालाई सम्बोधन गरेर मार्गप्रशस्त गर्ने तयारी गरेका छन्।

मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ। प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेपछि दलहरूबीच नयाँ समीकरणअनुसार सरकार निर्माणको कसरत सुरु हुनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP