भक्तपुरको बोडेस्थित सुकुमबासी होल्डिङ सेन्टरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
मृत भेटिनेमा बारा घर भई हाल सोही होल्डिङ सेन्टरमा बस्दै आएका ५७ वर्षीय हिरालाल पासवान रहेका छन्। प्रहरीका अनुसार पासवान आफ्नै कोठाको सिलिङ फ्यानमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली स्थलगत अनुसन्धानका लागि पुगेको थियो। प्रहरीले घटनाको कारणबारे आवश्यक अनुसन्धान सुरु गरिसकेको र कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको जनाएको छ।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!