काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर परिचय नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले यस्ता गतिविधिले सञ्चारकर्मीमा त्रासको वातावरण सिर्जना गरेको भन्दै तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा स्वतन्त्र पत्रकारितामाथि कुनै पनि प्रकारको दबाब, निगरानी वा मनोवैज्ञानिक प्रभाव पार्ने प्रयास लोकतान्त्रिक मूल्य–मान्यता र संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताविरुद्ध हुने उल्लेख गरिएको छ।
रास्वपाले सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा चौथो अंगलाई संकुचित पार्ने कुनै पनि गतिविधि अस्वीकार्य रहेको स्पष्ट पारेको छ। पार्टीले स्वतन्त्र प्रेस लोकतन्त्रको आधार भएकाले सञ्चारकर्मीले निर्भीक रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारको दायित्व रहेको पनि जनाएको छ।
विज्ञप्तिमार्फत रास्वपाले घटनाको तत्काल सत्यतथ्य छानबिन गरी सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायलाई आग्रह गरेको छ। साथै, घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।
रास्वपाले अन्त्यमा सञ्चारकर्मीलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारितामा निरन्तर लाग्न आग्रह गर्दै प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको पक्षमा आफू सधैं दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ।
काठमाडौं । साउन महिनाको अन्तिम सोमबार भगवान् शिवको दर्शन गर्न आउने भक्तजनहरूको भीडले पशुपतिनाथ क्षेत ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!