सर्पको टोकाइबाट सुर्खेतमा ५६ वर्षीया महिलाको मृत्यु

सर्पको टोकाइबाट सुर्खेतमा ५६ वर्षीया महिलाको मृत्यु

सुर्खेतको चौकुने गाउँपालिका-१० चालिखेकी ५६ वर्षीया देउमा कामीको सर्पको टोकाइबाट मृत्यु भएको छ।

बुधबार बिहान घरमा हात धुने क्रममा उनलाई सर्पले डसेको थियो। सर्पले डसेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको परिवारले जनाएको छ।

सुर्खेत अस्पतालकी सूचना अधिकारी अनिता ज्ञवालीका अनुसार कामीलाई बिहान १०ः३५ बजे अस्पताल ल्याइएको थियो। अस्पताल पुग्दा नै उनको मृत्यु भइसकेको उनले जानकारी दिइन्।

सर्पदंशका घटना बढ्न सक्ने भएकाले विशेषगरी ग्रामीण क्षेत्रमा सावधानी अपनाउन तथा सर्पले डसेमा तत्काल स्वास्थ्य संस्थामा पुर्‍याउन चिकित्सकहरूले सुझाव दिएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP