सल्यानमा जिप भेरी नदीमा खस्दा दुई बेपत्ता, दुई घाइते

सल्यानमा जिप भेरी नदीमा खस्दा दुई बेपत्ता, दुई घाइते

सल्यानमा जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।

छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो।

बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा जिप चालक र जिपधनी नदीमा बेपत्ता भएका छन्। उनीहरूको पहिचान भने खुल्न सकेको छैन।

बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयवासी परिचालन भएका छन्।

दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका–१ आँपखोलीका २९ वर्षीय प्रेम बिक र २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP