काठमाडौं । साउन महिनाको अन्तिम सोमबार भगवान् शिवको दर्शन गर्न आउने भक्तजनहरूको भीडले पशुपतिनाथ क्षेत्र भरिभराउ भएको छ। साउनको अन्तिम सोमबार विशेष धार्मिक महत्व बोकेकाले राति ३ बजेदेखिनै दर्शनार्थीहरू पशुपति क्षेत्रमा लाइनमा बसेका छन्।
पशुपति क्षेत्र विकास कोषका अनुसार बिहानैदेखि हजारौं भक्तजन मन्दिर परिसरमा पुगेर पूजा, आराधना तथा जल अर्पण गरिरहेका छन्। दर्शनार्थीको अत्यधिक चापलाई व्यवस्थापन गर्न सुरक्षाकर्मी, स्वयंसेवक तथा कोषका कर्मचारीहरू परिचालन गरिएको छ।
मन्दिरको मूल ढोकादेखि बाहिरी क्षेत्रमा समेत भक्तजनको लामो लाइन देखिएको छ। कतिपय भक्तजनले रातिदेखिनै उपवास बसेर पशुपतिनाथको दर्शन गरेका छन्। देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत श्रद्धालुहरू पशुपति पुगेका छन्।
साउन महिनाभर सोमबारको विशेष महत्व रहने भए पनि अन्तिम सोमबारमा भक्तजनको संख्या अझ बढी हुने गरेको छ। भीड व्यवस्थापनलाई ध्यानमा राख्दै दर्शनार्थीलाई पालो अनुसार दर्शन गर्न र सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरिएको छ।
यस वर्षको साउनको अन्तिम सोमबार पशुपतिनाथ क्षेत्रमा विशेष धार्मिक उत्साह देखिएको छ भने भक्तजनको उपस्थितिले पशुपति क्षेत्र बिहानैदेखि भक्तिमय बनेको छ।
विश्व स्वास्थ्य संगठन (WHO) ले भुटानलाई कुकुरबाट मानिसमा सर्ने रेबिज जनस्वास्थ्य समस्याका रूपमा उन्म ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!