असार १५ मा जुजु धौको माग ह्वात्तै बढ्यो, बिहानैदेखि व्यस्त उत्पादक

असार १५ मा जुजु धौको माग ह्वात्तै बढ्यो, बिहानैदेखि व्यस्त उत्पादक

असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने परम्परासँगै भक्तपुरको प्रसिद्ध ‘जजु धौ को माग उल्लेख्य रूपमा बढेको छ। सामान्य दिनको तुलनामा यस वर्ष पनि जुजु धौको उत्पादन र बिक्रीमा उल्लेखनीय वृद्धि भएको उत्पादकहरूले बताएका छन्।

बजारमा बढ्दो माग पूरा गर्न स्थानीय उत्पादकहरू बिहानैदेखि उत्पादन, प्याकेजिङ तथा वितरण व्यवस्थापनमा व्यस्त देखिएका छन्। असार १५ मा दही–चिउरा खाने नेपाली परम्पराका कारण जुजु धौको माग विशेष रूपमा बढ्ने गरेको छ।

भक्तपुरको पहिचान बनेको जुजु धौ परम्परागत विधिबाट तयार गरिन्छ। शुद्ध दूध, माटोका भाँडो तथा विशेष उत्पादन प्रक्रियाका कारण यस दहीले देशभर छुट्टै स्वाद र गुणस्तरका कारण विशेष स्थान बनाएको छ।

उत्पादकहरूका अनुसार असार १५, विभिन्न पर्व तथा विशेष अवसरहरूमा जुजु धौको माग अत्यधिक बढ्ने गर्दछ। स्थानीय तथा बाहिरी जिल्लाबाट समेत ठूलो संख्यामा उपभोक्ताहरू भक्तपुर पुग्ने गरेका छन्।

परम्परा, स्वाद र गुणस्तरका कारण भक्तपुरको जुजु धौ नेपाली खाद्य संस्कृतिको एक महत्वपूर्ण पहिचानका रूपमा स्थापित हुँदै आएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP