सुखीपुरका मेयरका छोरा डा. यादवले गरे साउनभरिको हाजिर, सुशासनमाथि गम्भीर प्रश्न !

सुखीपुरका मेयरका छोरा डा. यादवले गरे साउनभरिको हाजिर, सुशासनमाथि गम्भीर प्रश्न !

सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका प्रमुख डा. लुस्युनकुमार यादवले साउन १२ गते नै साउन २८ गतेसम्मको अग्रिम हाजिर गरेको भेटिएपछि विवाद उत्पन्न भएको छ।

सरकारी हाजिरी रजिस्टरमै भविष्यको मितिसम्म हस्ताक्षर गरिएको सार्वजनिक भएपछि सरकारी कर्मचारीको अनुशासन, पारदर्शिता र सुशासनमाथि गम्भीर प्रश्न उठेको छ।

विवादमा परेका डा. यादवले भने यो सामान्य मानवीय त्रुटि भएको दाबी गर्दै कुनै बदनियत नरहेको बताएका छन्। उनी सुखीपुर नगरपालिकाका नगर प्रमुखका छोरासमेत हुन्।

यता, घटनाबारे प्रतिक्रिया माग्दा नगर प्रमुखले कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन्। अग्रिम हाजिर प्रकरण सार्वजनिक भएसँगै सम्बन्धित निकायबाट छानबिन र आवश्यक कारबाहीको माग समेत उठ्न थालेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP