नेपाल चिकित्सक सङ्घले नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोड घटनाका दोषीलाई कारबाही गर्न सरकार उदासीन बनेको भन्दै आजदेखि देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ।
घटना भएको चार दिन बितिसक्दा पनि दोषी पक्राउ नपरेको, साथै न्यायको माग गर्दै गएका चिकित्सकमाथि समेत दुर्व्यवहार भएको भन्दै सङ्घले घटनालाई अत्यन्तै लज्जास्पद र निन्दनीय भएको जनाएको छ।
आन्दोलनअन्तर्गत आज काठमाडौंको माइतीघर मण्डलामा चिकित्सकहरूले विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, उपत्यका बाहिर रहेका चिकित्सकहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, साथै विभिन्न स्वास्थ्य संस्थामा धर्ना दिने कार्यक्रम तय गरिएको नेपाल चिकित्सक सङ्घले जनाएको छ।
सङ्घले दोषीलाई तत्काल कानुनी दायरामा ल्याई चिकित्सकको सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ। माग पूरा नभए आन्दोलनका कार्यक्रम थप कडा बनाइने चेतावनी पनि सङ्घले दिएको छ !
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा सबै मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!