सुनसरी घटनालगायत समसामयिक राष्ट्रिय विषयमा छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छैनन्।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सुरु भएको बैठकमा सरकारका तर्फबाट मुख्य जिम्मेवार नेतृत्व अनुपस्थित रहेपछि त्यसले थप चासो र चर्चा बटुलेको छ।
सुनसरीमा एक जनाको ज्यान जाने गरी भएको घटनापछि सरकारको चौतर्फी आलोचना भइरहेको छ। तराई-मधेशका विभिन्न स्थानमा प्रदर्शनसमेत जारी रहेका बेला सोही विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो।
बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुश्बु ओली तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी भएका छन्।
बैठकमा सुनसरी घटनाको वस्तुस्थिति, पछिल्लो राजनीतिक अवस्था तथा शान्ति–सुरक्षा सम्बन्धी विषयमा छलफल भइरहेको जनाइएको छ।
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा सबै मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!