काठमाडौ ।कतार र पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच स्विट्जरल्यान्डको बुर्गेनस्टकमा सम्पन्न पहिलो उच्चस्तरीय वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ। वार्तापछि मध्यस्थकर्ता मुलुक कतार र पाकिस्तानले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित नयाँ कार्ययोजना तय भएको जानकारी दिएका छन्।
स्विट्जरल्यान्डको बुर्गेनस्टकस्थित लेक ल्युसर्न रिसोर्टमा आयोजित वार्तामा दुवै पक्षबीच रचनात्मक वातावरणमा विस्तृत छलफल भएको जनाइएको छ। संयुक्त विज्ञप्तिअनुसार वार्तालाई निरन्तरता दिन नयाँ संयन्त्र स्थापना गर्ने, प्राविधिक तथा कूटनीतिक तहमा नियमित संवाद अघि बढाउने र सहमतिका विषयहरूलाई अन्तिम रूप दिन कार्यसमूह गठन गर्ने समझदारी बनेको छ।
वार्ताका क्रममा परमाणु कार्यक्रम, आर्थिक प्रतिबन्ध, क्षेत्रीय सुरक्षा तथा द्विपक्षीय सम्बन्ध सुधारका विषयमा केन्द्रित छलफल भएको बताइएको छ। दुवै पक्षले मतभेद रहेका मुद्दाहरूलाई संवादमार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कतार र पाकिस्तानले जारी गरेको विज्ञप्तिमा वार्ताले विश्वास निर्माणको वातावरण तयार गरेको उल्लेख गर्दै आगामी चरणका छलफलहरू थप परिणाममुखी हुने अपेक्षा गरिएको छ। साथै, प्रगतिलाई अनुगमन गर्न विशेष संयन्त्र स्थापना गरी सहमतिका बुँदाहरू कार्यान्वयनको दिशामा लैजाने सहमति भएको जनाइएको छ।
लामो समयदेखि तनावपूर्ण रहँदै आएको अमेरिका–इरान सम्बन्धलाई नयाँ दिशा दिन सक्ने सम्भावना बोकेको यस वार्तालाई अन्तर्राष्ट्रिय समुदायले समेत चासोका साथ हेरेको छ। मध्यस्थकर्ता मुलुकहरूले आगामी ६० दिनभित्र व्यापक र दीर्घकालीन सम्झौतामा पुग्न सकिने विश्वास व्यक्त गरेका छन्।
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपको गेट अगाडि राखिएको बा प्रदेश-०१-०३४ च ८४८० नम्बरको गाडी गृहमन्त्र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!