आज बिहान बझाङ केन्द्रबिन्दु भएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ४० मिनेटमा बझाङको कोट्देवल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्पको धक्का बझाङसहित बैतडीका केही स्थानमा पनि महसुस गरिएको स्थानीयले बताएका छन्।
हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
सम्बन्धित निकायले भने सम्भावित प्रभावबारे निगरानी गरिरहेको जनाएको छ।
अमेरिकाको अलास्कामा आठ जना सवार चार्टर विमान दुर्घटनामा परेको छ। पश्चिमी अलास्काको दुर्गम क्षेत्रमा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!