काठमाडौं। नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औं स्मृति दिवसका अवसरमा जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यले काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ कार्यक्रम आयोजना गरेको छ।
‘जलवायु जनचेतना जगाउन जुटौं’ भन्ने मूल नारासहित आयोजित ५ किलोमिटर दौड कार्यक्रममा कांग्रेसका सभापति गगनकुमार थापासहित नेता-कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको सहभागिता रहेको थियो।
कांग्रेसले ‘ग्रिन रन’मा सहभागीको संख्याका आधारमा मानवीय सहयोग कोष स्थापना गर्ने निर्णय पनि गरेको छ। उक्त कोषबाट संकलित रकम सुकुम्वासी परिवारका वृद्धवृद्धा तथा बालबालिकाको हितमा खर्च गरिने जनाइएको छ।
पार्टीले वातावरण संरक्षण, जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि र सामाजिक उत्तरदायित्वलाई जोड्दै यो कार्यक्रम आयोजना गरिएको जनाएको छ।
बाराको जीतपुरसिमरा-१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा वीरगञ्ज&ndas ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!