दोलखामा बाढीको कहर: एक जना बेपत्ता, जलविद्युत्का चार कर्मचारी भीरमा फसे

दोलखामा बाढीको कहर: एक जना बेपत्ता, जलविद्युत्का चार कर्मचारी भीरमा फसे

काठमाडौं। दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले ७३ वर्षीय चसमान तामाङलाई बगाउँदा उनी बेपत्ता भएका छन्।

बाढीका कारण सिप्रिङ खोला जलविद्युत् केन्द्रका चार जना कर्मचारी भीरमा फसेका छन्। उनीहरूको उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको छ।

वडाध्यक्ष ङिमगेली शेर्पाका अनुसार बाढीले जलविद्युत् आयोजनाको ड्याम साइटमा क्षति पुर्‍याएको छ। साथै, खोलाका दुवै किनारमा कटान हुँदा आसपासको क्षेत्र पनि जोखिममा परेको छ।

बेपत्ता व्यक्तिको खोजी तथा फसेका कर्मचारीको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP