रौतहट ।बाढी तथा जलजन्य विपद्का घटनामा प्रभावकारी उद्धारको तयारी स्वरूप रौतहट–सर्लाही सीमामा कृत्रिम अभ्यास सञ्चालन गरिएको छ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–१ र सर्लाही जिल्लाको बागमती नगरपालिका–११ नुनथरस्थित बागमती नदीमा जल उत्पन्न विपद् उद्धार सिमुलेशन अभ्यास सम्पन्न भएको छ। मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको समन्वय तथा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको सहकार्यमा अभ्यास सम्पन्न गरिएको हो।
कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा रौतहट र सर्लाहीका नगरपालिका तथा गाउँपालिकाका प्रमुख, सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णुप्रसाद भट्ट, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई विकास तथा सुशासनको महत्वपूर्ण आधार मानेर प्रदेश सरकारले काम गरिरहेको बताए। उनले प्रत्येक नागरिकको जीवन सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकार सधैं तयार रहेको बताए।
उनले विपद् व्यवस्थापनलाई परम्परागत दृष्टिकोणमा सीमित नराखी वैज्ञानिक, प्रविधिमैत्री र दीर्घकालीन योजनासहित अघि बढाइने बताए। साथै सुरक्षानिकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाइने उल्लेख गरे। उनले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालले पुर्याएको योगदानको प्रशंसा पनि गरे।
सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा बाहिनीपति विष्णुप्रसाद भट्टले सिमुलेशन अभ्यास सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। उनले सशस्त्र प्रहरी बल नेपाल राष्ट्र र नागरिकको सेवामा सधैं समर्पित रहेको बताए।
मधेश प्रदेशका विभिन्न जिल्लामा हुन सक्ने बाढी तथा अन्य जलजन्य विपद्का घटनामा उद्धार तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले कृत्रिम घटना सिर्जना गरी सिमुलेशन अभ्यास सञ्चालन गरिएको थियो।
सिमुलेशन अभ्यास सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहट तथा सुरक्षा बेस सुन्दरपुर चोहडवा, सर्लाहीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले सञ्चालन गरेका थिए।
मुस्ताङ३२ असारमुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध सामान बरामद गरेको छ । ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!