मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ ३२ असार मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध सामान बरामद गरेको छ ।    
    
 थासाङ गाउँपालिका-३ स्थित इलाका प्रहरी कार्यालय लेतेले नियमित जाँच गर्ने क्रममा करिब रु चार लाख ३५ हजार ८०० बराबरको अवैध सामान बरामद गरेको हो ।    
    
 जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर महतका अनुसार नेपाल–चीन कोरला नाकाबाट जोमसोम हुँदै पोखरातर्फ जाँदै गरेको महेन्द्र बोलेरो जिप जाँच गर्दा सामान फेला परेको हो ।    
    
 भन्सार प्रज्ञापनपत्र र आवश्यक कागजात नभएका सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले गाडी, चालक र सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मुस्ताङ भन्सार कार्यालयमा बुझाएको छ ।    
    
 बरामद सामानमा जुत्ता, चप्पल, जिन्स पाइन्ट, टाउजर, टिसर्टलगायतका छन् । सामान ल्याउने व्यक्तिको नाम भने अनुसन्धानका लागि गोप्य राखिएको प्रहरीले जनाएको छ ।    

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP