नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाको दीर्घकालीन समस्या समाधानका लागि सुरक्षा निकायका प्रतिनिधिले सीमा क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणपछि प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले स्थानीयले भोग्दै आएका नागरिकता, जग्गा र सीमासम्बन्धी समस्याबारे विस्तृत प्रतिवेदन तयार गरी गृह मन्त्रालयमा बुझाइने जानकारी दिएका छन्।
सुस्ता गाउँपालिकाका करिब एक सय परिवार वर्षौंदेखि नागरिकता र जग्गाको लालपुर्जा नपाउँदा विभिन्न सरकारी सेवा तथा सुविधाबाट वञ्चित हुँदै आएका छन्।
स्थानीयले समस्या समाधानका लागि सरकारसँग शीघ्र पहल गर्न माग गरेका छन् भने सुरक्षा निकायले स्थलगत अध्ययनपछि आवश्यक सुझावसहितको प्रतिवेदन सरकारसमक्ष पेश गर्ने जनाएको छ।
काठमाडौँ। भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग मंग ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!