चितवन र धादिङका विभिन्न स्थानमा खसेको पहिरोका कारण मुग्लिन-काठमाडौं जोड्ने पृथ्वी राजमार्ग हाल पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार धादिङको जवाङ खोला र चितवनको फिस्लिङ क्षेत्रमा खसेको पहिरो हटाउने कार्य तीव्र रूपमा भइरहेको छ। सडक खुलाउने प्रयास जारी रहेकाले यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
पहिरोका कारण सवारी साधनलाई नागढुङ्गा, सिम्ले र कुरिनटार क्षेत्रमा रोकिएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले जानकारी दिनुभएको छ।
यता, काभ्रेको रोशी गाउँपालिकाअन्तर्गत बीपी राजमार्गमा सडकमा जमेको लेदो माटो हटाइसकिएकाले उक्त सडकखण्डमा यातायात सेवा पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
काठमाडौँ। भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग मंग ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!